धरान उपमहानगरपालिका क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ । धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन (सुनसरी) ले धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरेको थियो ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै बिहानैबाट धरानमा चहलपहल शुरु भएको छ । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञा सँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !