भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित रहेको दियालो बङ्गला दरबार सर्वसाधारणको लागि खुला गरिने भएको  छ ।

भरतपुर महानगरपालिका  प्रमुख रेनु दाहालले एक कार्यक्रममा भ्रमण वर्षमा  दरबार खुला गर्नका लागि आवश्यक तयारी र प्रक्रिया पुरा भएको जानकारी दिएकी हुन्। राजतन्त्रको पालामा राजपरिवार आएर बस्ने यो दियालो बङ्गला दरबार हाल नेपाल ट्रष्टको संरक्षण गर्दै आइरहेको छ । र  सर्वसाधारणको लागि  अवलोकन गर्न पाइदैन।

प्रमुख दाहालले दरबारलाई खुला गर्न कार्यपालिका बैठकबाट निर्णय गरी संस्कृति पर्यटन मन्त्रालयलाई पत्रचार गरिएको जानकारी दिईन्  । यो विषयमा मन्त्रालय सकारात्मक रहेकाले नारायणहिटी संग्रालय ढाँचामा अवलोकनको व्यवस्थापन मिलाईने उनको भनाई छ । ‘यो ऐतिहासिक धरोहरलाई अवलोकन गर्ने धेरैले इच्छा तथा चाहाना व्यक्त गर्नुभएको छ । यो भरतपुर आउने पर्यटकको रोजाईको केन्द्र बन्न सक्छ ।’ दाहालले भनिन ।

यो दरबारमा राजा महेन्द्रले अत्यधिक मन पराएको क्षेत्र हो ।  चितवन राष्ट्रिय निकुञ्ज  आउने क्रममा उनी यहीं बस्ने गर्ने गर्थे र पछि उनको  यही दरबारमा मृत्यु भएको थियो । भरतपुरमा चौकी डाँडादेखि गोलाघाटसम्म मूख्यगरी ७  वटा र भरतपुरभर  ३२ बढी पर्यटकीय गन्त्वय रहेकाले यहाँको शिक्षा, स्वास्थ्य, कृषिमाफ्त पर्यटन पनि भित्रयाउने  सकिने उनको तर्क थियो  ।

भ्रमण वर्षको तयारी अहिले धमाधम चलिरहेकाले पर्यटन पूर्वाधार पनि निर्माण भइरहेको छ । भरतपुर –६ मा रहेको वन्यजन्तु आरक्षण केन्द्रलाई ‘ओपन जु’ निर्माण गर्न ठेक्का सम्झौता भईसकेको समेत उनले जानकारी दिईन ।

 

प्रतिक्रिया दिनुहोस !