नेपाल विद्युत् प्राधिकरणले खरिद बिक्री सम्झौता (पीपीए)का लागि प्रवर्द्धकहरुलाई आह्वान गरेको छ ।

नदी प्रवाही (आरओआर) र अर्घजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६,७५० मेगावाट र ४५ सय मेगावाट नपुगेसम्म पीपीए गर्ने निर्णय अनुसार प्रवर्द्धकलाई आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीएको कारवाही प्रक्रिया बढाउने समेत प्राधिकरणको भनाइ छ ।

मंगलबार एक सूचना प्रकाशित गरी प्राधिकरणले पीपीए प्रक्रियामा रहेका प्रवद्र्धक कम्पनी र विद्युत नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवद्र्धक कम्पनीलाई प्राधिकरणले पीपीएका लागि आह्वान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !