चिसोका कारण जाजरकोटमा थप १ जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका जिल्लाको भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोको कारण मृत्यु भएको हो । त्रिपालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएको उनको त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्‍याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन । उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

जाजरकोटमा भूकम्पपछि त्रिपालमुनि बस्दा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । रुकुम पश्चिममा ५ गरी ३६ जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भैसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस !