। नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ /८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको हो । उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आशमा विमानस्थलमै बसिरहेका छन् ।