ललितपुर — रातो मत्स्येन्द्रनाथको रथ शुक्रबार र शनिबार दुई दिन रोकेर मर्मत गरिने ललितपुर गुठी संस्थानले जनाएको छ ।

रथ तान्नेक्रममा निकै नै ढल्किएकाले दुई दिन रोकेर मर्मत गर्ने निर्णयमा पुगेको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आर्चायले बताए । ‘देवता रहेको गर्भगृहको भागमा भाँच्चिएको काठ फेरिसकेका छौं,’ उनले भने । रथ तान्नेक्रममा निकै नै ढल्किएकाले दुई दिन रोकेर मर्मत गर्ने निर्णयमा पुगेको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आर्चायले बताए । ‘देवता रहेको गर्भगृहको भागमा भाँच्चिएको काठ फेरिसकेका छौं,’ उनले भने । मुलुकको सबभन्दा लामो जात्राको रुपमा मनाइने रथ जात्रामा हुने सक्ने सम्भावित चोरी, झै-झगडालगायतका दुर्घटनालाई रोक्न प्रहरी तयारी अवस्थामा रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बहुमूल्य मूर्ति, बहुमूल्य धातु, गरगहनाको सुरक्षा, रथयात्रामा हुने भीडभाडमा मानिसको जीउधन सुरक्षाको दृष्टिकोणले प्रहरी खटाइएको बताए । ‘भीडभाडमा हुन सक्ने पाकेटमार, झै–झगडालाई लक्षित गरेर सिभिल ड्रेसमा पनि प्रहरी परिचालन गरेका छौं,’ उनले भने ।

रथयात्रा गत शनिबारबाट सुरु गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !