जेठ २५ गते अर्थात भोलि शुक्रबार नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को ५७ औ बार्षिक साधारणसभा र निर्वाचनले आगामी दुई वर्षका लागी नेतृत्व चयन गर्नेछ । जसका लागी फरक फरक दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । नाट्टाको निर्वाचनमा प्रमोद दाहाल र कुमारमणी थपलीयाले आ–आफ्नो समुह बनाई चुनावि मैदानमा होमिएका छन् । जस अनुरुप दुवै समुह यतिबेला सदस्यहरुसंग मत माग्नमा व्यस्त बनिरहका छन् ।
कुमारमणी थपलीयाले पूर्ण कार्यसमिति सहितको समुह बनाएका छन् भने यता प्रमोद दाहाल समूहमा आंशिक उमेदवारको समूह बनाई चुनावि प्रचार प्रसारमा व्यस्त बनेका छन् । लामो समयदेखि पर्यटन क्षेत्रमा र नाट्टामा आबद्ध भएर काम गरीरहेका पर्यटन ब्यवसायी प्रमोद दाहालले ब्यवसायमा भएका बिकृति बिसंगतीलाई हटाउँदै पर्यटन व्यवसायलाई छुट्टै किसिमको परिकल्पना सहित रणनितिक योजना बनाई अगाडि बढेको बताउछन् । उनले १९ बुंदे प्रतिबद्धता सहित यतिबेला नाट्टा निर्वाचनमा व्यस्त बनेका छन् । उनको समुहमा अध्यक्ष र महासचिव पदमा १÷१ जना, त्यस्तै सदस्य पदका लागी २ जनाको उमेदवारी दर्ता गराएका छन् । जस अन्तर्गत अध्यक्षमा प्रमोद दाहाल, महासचिवमा अमृत कुमार ढकाल, सदस्यमा सुदर्शन गजुरेल र दिनेश मैनाली रहेका छन् ।
पर्यटन क्षेत्रमा नँया कार्यशैली सहित उदाउने प्रतिबद्धता व्यक्त गरेका दाहालले, पर्यटन क्षेत्रलाई राजनीति गरिखाने भाडो बनाउनेहरुलाई पन्छाउँदै समग्र मुलुकको विकासमा पर्यटन क्षेत्रको ठुलो योगदान छ, यस क्षेत्रमा राजनिति गर्ने भन्दा पनि काम गर्नेका खाँचो पर्ने हुँदा नाट्टामा रहेर मात्र ति कार्य गर्न सम्भव हुने हुँदा आफूले पनि उमेदवारी दिएको बताउँछन् । नाट्टाले आफ्नो सदस्यहरुलाई चुनावमा भाग लिन जेठ १८ गते उम्मेदवारी दर्ता गर्ने मिति तय गरेको थियो । सर्वसम्मतीमै नेतृत्व चयन गर्ने भनेता पनि फरक फरक समूह बिच सहमती हुन नसकेपछि दुईवटा टिम यतिबेला चुनावी मैदानमा होमिएको छ । कुन समूह निर्वाचित हुन्छ, त्यो भने आगामी हुने निर्वाचनको मत परिणामले तय गर्ने छ ।