बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् । नेकपा एमाले र कांग्रेसको गठबन्धनबाट साउन ८ गते मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने भएका हुन् ।विश्वासको मत लिनका लागि उनले प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका छन् । उनको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्री नियुक्त भएका व्यक्तिले ३० दिन भित्र संसुदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ ।

पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री नियुक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !