कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ। हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत थापाको बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।
वडाध्यक्ष थापाको निधनप्रति गहिरो दुःख प्रकट गर्दै नगरपालिकाले शोक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिअनुसार, उनको सम्झनामा पालिका अन्तर्गतका सबै वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, तथा संस्थागत तथा सामुदायिक विद्यालयमा आज सार्वजनिक बिदा दिइएको छ।









