नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडले सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको मिति २०८२ माघ २७ गते बसेको बैठक नं। ११ ले संस्थापक शेयरधनी श्री अग्रिम इन्टरनेशनल प्रा।लि।को प्रतिनिधित्व गर्दै आउनुभएका श्री निशान्त जोगीको सट्टामा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं। २९ निवासी ६८ वर्षीय श्री नन्द किशोर शर्मालाई सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो।
नवनियुक्त सदस्य शर्मा यसअघि सूर्यज्योति लाइफ इन्सूरेन्स कम्पनीको सञ्चालक समितिको सदस्यका रूपमा कार्य गरिसक्नुभएको अनुभवसम्पन्न व्यक्तित्व हुनुहुन्छ। बीमा तथा वित्तीय क्षेत्रको लामो अनुभव र नेतृत्वदायी भूमिकाका कारण कम्पनीले उहाँको नियुक्तिबाट संस्थागत सुशासन, रणनीतिक योजना तथा व्यवसाय विस्तारमा थप मजबुती आउने विश्वास लिएको जनाएको छ।
कम्पनीले नव(नियुक्त सञ्चालक शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा कम्पनीको दिगो विकास, सेवा विस्तार तथा शेयरधनीको हित प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस !