नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो।
यस वृद्धिपछि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने गत बुधबार २ लाख ९९ हजार रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो भने गत बुधबार ५ हजार २५ रुपैयाँमा किनबेच भएको थियो।










