भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि नेपाल–भारत पूर्वी सीमा नाका बन्द गरिएको छ। दार्जिलिङ जिल्ला प्रशासनको निर्णयअनुसार काँकरभिट्टासँग जोडिएको पानीटङ्की नाकाबाट सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म मानिस तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। चुनावको सुरक्षालाई मध्यनजर गर्दै विगतझैँ यसपटक पनि दुवै देशबीचको सहमतिमा ‘बोर्डर शिल’ गरिएको हो। यद्यपि, अत्यावश्यक अवस्थामा बिरामी तथा जरुरी कामका लागि परिचयपत्रका आधारमा आवतजावत गर्न अनुमति दिइने व्यवस्था राखिएको छ। साथै, नेपाल र बङ्गलादेशका पर्यटकहरूलाई आफ्नो देश फर्किन आवश्यक कागजात देखाएमा भारतीय प्रशासनले सहजीकरण गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस !