मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

नियमित कार्यसूचीका साथै सरकारका पछिल्ला निर्णय र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्री पोखरेलले जानकारी दिए । बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव र प्रशासनिक कामकारबाहीसम्बन्धी निर्णय हुने बताइएको छ ।

आजको बैठकमा भएका निर्णयबारे बैठक सम्पन्न भएपछि जानकारी दिइने सरकारका प्रवक्ता पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !