
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा ३५५ रुपैयाँले घटेको छ।
आज छापावाला सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि बिहिबार छापावाला सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।









