
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सिराहाको लाहन नगरपालिका १३ गढिया चोक स्थीत अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई लुटेराहरुको समुहले २०७७ चैत्र २८ गते शनिवार गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटेको घट्ना प्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस घट्नाको घोर भत्र्सना गर्दै अपराधीलाई अविलम्व कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न र क्षतिपूर्ति सहित लुटिएको धनमाल फिर्ता गराई पीडितलाई न्याय दिलाउन महासंघ सम्बन्धित निकायसंग जोडदार माग गरेको छ । साथै, लुटेराहरुको आक्रमणबाट सख्त घाइते हुनु भएकी श्रीमती अमिता विश्वकर्माको स्वास्थ्योपचारको अविलम्व उचित व्यवस्था गर्न पनि नेपाल सरकार समक्ष महासंघले माग समेत गरेको छ ।
महाँसंघले व्यस्त बजारमा गोली हानी व्यवसायीको हत्या हुनु र अपराधीहरु लुटपाट गरी भाग्न सफल हुनु जस्ता घट्नाले शान्ति सुरक्षा कमजोर रहेको स्पष्ट देखिएको र शान्ति सुरक्षाको कमी कै कारणले आभुषण व्यवसाय जोखिमपूर्ण बन्दै गएको अवस्थामा यस घट्नाले मुलुकभरका गहना व्यवसायीहरु आतंकित र थप त्रसित हुन पुगेका जनाएको छ ।
शान्ति सुरक्षालाई थप प्रभावकारी तुल्याई व्यवसायीहरुको मनोवल बढ्ने अवस्थाको सिर्जना गर्न र यस्ता आपराधिक समुह र तिनीहरुका क्रियाकलाप माथि कडा नियन्त्रण गर्न नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ नेपाल सरकारको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख गरेको छ ।