धितो रोक्का गरेको तीन महिना वितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राख्नुभएको थियो । उहाँले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भगवतीपुर–६ सिरहा निवासी सीतादेवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी रु १८ लाख ३० हजार ६०० कर्जाका लागि माग गर्नुभएको बताउनुभयो ।अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको बँैकका शाखा प्रबन्धक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !