
महानगरपालिका नगरसभाको ११ औँ अधिवेशनबाट स्वीकृत नीतिसमेतका आधारमा सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको हो।
काठमाण्डौ महानगरले आज एक सूचना प्रकाशित गरी महानगर क्षेत्रभित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालय परसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न ९साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्पारअनुसार घर–घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा लग्नबाहेक० निषेध गरिएको जनाएको छ। यसैगरी बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन पनि महानगरले आग्रह गरेको छ।
असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाण्डौ महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन हुँदै आएको पनि सूचनामा स्पष्ट पारिएको छ। मानव सेवा आश्रमको सेवा आवश्यक परेमा काठमाण्डौ महानगर वा मानव सेवा आश्रमममा सम्पर्क गर्न पनि सूचनामा आग्रह गरिएको छ।