श्रीलङ्कामा अब एक दिनलाई पनि पुग्ने पेट्रोल बाँकी छैन  सात दशकमा सबैभन्दा चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्कामा इन्धनको भण्डार रित्तिने चेतावनी देशका ऊर्जामन्त्रीले दिएका छन्।
नियमित माग पूरा गर्नेगरी वितरण गर्न हो भने श्रीलङ्कामा बाँकी भएको पेट्रोल एक दिनका लागि पनि नपुग्ने कञ्चन विजेशेकरले बताएका हुन्।
अब दुई सातापछि मात्रा श्रीलङ्कामा थप पेट्रोल आइपुग्ने उनले आइतवार बताए।
इन्धन, खाद्यपदार्थ र औषधि आयात गर्न पनि निकै गाह्रो परिरहेको बेला गत साता श्रीलङ्काले अत्यावश्यक सेवाका बाहेक अरू सवारीसाधनलाई डीजल र पेट्रोल बेच्न रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस !