
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी २०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ६४२ पुगेको छ।