आज असोज ३ गते अर्थात् संविधान दिवस । २०७२ असोज ३ मा जारी भएको संविधानको दिनलाई विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ।
संविधान सभाबाट संविधान जारी भएको आठ वर्ष पुगेको छ।
। संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि छ।

टुँडिखेलमा आज बिहान संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उक्त कार्यक्रममा सहभागी थिए।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव निष्पक्ष र भयरहित हुने बताएका थिए।
देशभर संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम पनि भएका छन्।

प्रतिक्रिया दिनुहोस !