कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुनेरनहुने बिषयको अन्योल बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरि नेपाली टेलिभजनबाट नेपाली दर्शकहरुसँग अतिरिक्त शुल्क लिई प्रत्यक्ष लाइभ देखाउन पाउने भएको छन् ।
नेपाली दर्शकले अतिरिक्त श्ल्क तिरी नेपाल टेलिभिजनबाट फिफा विश्वकप फुटबल लाइभ हेर्न पाउने छन् ा
बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकप प्रशारणको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो । आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो । त्यसैबीचमा अदालतमा रिट परेको थियो ।