
सोमबार बसेको जिल्ला निर्वाचन व्यवस्थापन सिमितिको बैठकले अगामी १५ गते पुनः निर्वाचन दोलखाका विवादित केन्द्रमा पुनः निर्वाचन गराउने भएको हो ।
समितिले आजैदेखि निर्वाचनको तयारी थालेको छ । निर्वाचन आयोगले आइतबार १५ गते भित्र पुनः निर्वाचन गर्न निर्वाचन कार्यालय दोलखालाई निर्देशन दिएको थियो ।
निर्वाचन आयोगको जाँचबुझ समितिले दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निकालेको थियो ।
प्रतिनिधि सभा सदस्याका उम्मेद्वार बालकृष्ण शिवाकोटीले विभिन्न स्थानमा बुथ कब्जा भएको भन्दै आयोगलाई उजरी दिएका थिए ।
आयोगका अनुसार वैत्यश्वरको वडा नं. ६ (क, ख, ग) तथा वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग) र वैत्यश्वर २ को जनज्योति (क, ख)मा पुन निर्वाचन हुने भएको छ । त्यसैगरी तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव हुने भएको छ ।