ललितपुरको ग्वार्को देखि सातदोबाटो चोक सम्म फ्लाइओभर निर्माण आजदेखि सुरु भएको छ। सडक विभागले ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्ने काम आजदेखि सुरु गरिएको जानकारी दिएको छ। विभागका अनुसार यसको निर्माण कार्य १४ महिनामा सम्पन्न हुनेछ।
फ्लाईओभरको निर्माण कार्य सुरु भएसँगै यस रुट भएर चल्ने सवारी साधनको लागि ट्राफिक प्रहरीले नयाँ रुट तोकेको छ। त्यही अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्माण कार्य सम्पन्न नभएसम्मका लागि भनेर ट्राफिक व्यवस्थापन मिलाउन सुरु गरेको छ।
प्रहरी कार्यालयले कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा जाने व्यवस्था मिलाएको छ। यस्तै साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फाष्ट( ट्रयाकबाट चलाइने छ।

प्रतिक्रिया दिनुहोस !