अब सजिलै सदर चिडियाखानाको टिकट काट्न खल्तीबाट मिल्छ । यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘विशेषगरी सानै छोराछोरी भएका अभिभावकलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नुपर्ने छैन। विगतमा पनि खल्तीले आमनेपालीको समस्याहरु समाधानलाई ध्यानमा राखी यस्तै विभिन्न सुबिधाहरु ल्याइसकेको छ। अब परिवारसँग गुणस्तरीय समय बिताउन, चिडियाखाना घुमाउन योजना बनाउँदा घरबाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास हामीले लिएका छौँ।’
खल्तीमार्फत काटिएको टिकट खल्तीको मेनुभित्र रहेको ‘माई बुकिङ’ मा हेर्न सकिन्छ। साथै, खल्तीबाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन १ जना भाग्यमानी प्रयोगकर्ताले ३२ इन्चको यसुदा टीभी जित्न सक्नेछन्।
ग्राहकले निम्न तरिकाबाट टिकट काट्न सक्छन्

  • खल्ती एप को होमस्क्रिनमा ‘सेन्ट्रल जु’ मा ट्याप गर्नुहोस्
  • उपलब्ध अप्सन जस्तै विद्यार्थी, बालबच्चा, विदेसी पर्यटकमा आफूलाई चाहिएको कोटामा टिक गर्नुहोस्
  • आफूलाई आवश्यक टिकट संख्या राखी व्यक्तिगत विवरण भर्नुहोस्
  • पेमेन्ट अप्सन छानी भुक्तानी गर्नुहोस्।

 

प्रतिक्रिया दिनुहोस !