प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई प्रधानमन्त्री दाहालले पेट्रोेलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गर्न निर्देशन दिएका छन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटे पनि नेपालमा लामो समयदेखि मूल्य समायोजन हुन सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस !