विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा फेरिक कोरोनाको सुनामी आउन सक्ने चेतावनी दिएको छ।

कोरोनाको नयाँ सबभेरिएन्ट एक्सबीबी.१.५अहिले विश्वका २९ देशमा फैलिसकेको छ। डब्ल्यूएचओले कोरोनाको यो सबभेरिएन्टलाई ‘क्राकेन वा समुद्री राक्षस भेरिएन्ट’ संज्ञा दिएको छ। यो अहिलेसम्मकै सबैभन्दा छिटो फैलिने सब–भेरिएन्ट रहेको डब्ल्यूएचओले चेतावनी दिएको छ।

डब्ल्यूएचओको कोरोना मामिलामा प्राविधिक प्रमुख डा. मारिया भान केरखोभले भनिन्, ‘हामी विशेषगरी अमेरिका र युरोपमा यसको द्रुत फैलावटबाट चिन्तित छौँ। यसमा पनि अमेरिकाको उत्तरपूर्वी क्षेत्रको सन्दर्भमा जहाँ यो सबभेरिएन्ट द्रुत गतिमा अन्य भेरियन्टलाई पछाडि छोड्दैछ। हाम्रो चिन्ता यो कति संक्रमण फैलन सक्छ भन्ने हो।’

अमेरिकाको सीडीसीको तथ्यांकले अमेरिकामा ४१ प्रतिशत केस यस स्ट्रेनका कारण रिपोर्ट भएको देखाएको छ। विज्ञहरू यो सबभेरिएन्टको द्रुत फैलावट उत्परिवर्तनको कारण हुन सक्ने बताउँछन्। जसका कारण यसले मानिसलाई अझ छिटो संक्रमित गर्न मद्दत गर्ने उनीहरुको निष्कर्ष छ।  एजेन्सी

 

प्रतिक्रिया दिनुहोस !