
ठमेलस्थित होटल एलफ्टमा आयोजित नेपाल बैंकर्स संघको विशेष साधारण सभाले अध्यक्षमा सुनिल केसी चुनिएका छन् । यसअघि संघका अध्यक्षमा कृषि विकास बैंकका अनिलकुमार उपाध्याय थिए । उनले पुस १० गतेदेखि बैंकबाट अवकाश पाएकाले अध्यक्ष पद रिक्त भएको हो ।
तीन दशकदेखि नेपाली बैंकिंग क्षेत्रमा रहेका केसी २०७३ देखि उक्त बैंकको सीईओ छन् । उनी अध्यक्ष बनेपछि रिक्त उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालालाई चयन गरिएको छ ।