सांसद, मन्त्रीलाई भेट्नभन्दा पनि मेयर भेट्न गाह्रो भएको भन्दै काठमाडौं महानगरपालिकाले सडक विस्तारको क्रममा डोजर लगाएर घर टहरा भत्काएको बिरोधमा पीडित परिवारले आज राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले फुटपाथ सुरक्षित गर्ने अभियान कहाँ पुग्यो भनि मेयर साहलाई प्रश्न पनि गरेका छन् ।  उनीहरुले भनेका छन्,‘सम्मानीय माननीय भेट्न सजिलो तर महानगरका मेयर महानगरवासीले भेट्न गाह्रो, किन ?’ टुकुचा खनेर यत्तिकै छोडेको उल्लेख गर्दै उनीहरुले सुकुम्बासी स्थानान्तरणको अभियान रोकिनुको कारण प्रष्ट्याउन माग गरेका छन् ।

 

गैरकानुनी तवरले सडक चौंडा गर्ने नाममा महानगरपालिकाले डोजर आतंक मच्चाएको भन्दै नेवार समितिका अध्यक्ष उमेश स्थापितको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ध्यानाकर्षण गराउनका लागि काठमाडौं महानगरपालिका नेवार समितिका अध्यक्ष स्थापितको नेतृत्वमा करिब पाँच दर्जन स्थानीय सभागृह अगाडि भेला भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !