ललितपुर बार एशोसिएशनको अध्यक्षका उम्मेदवार राम श्रेष्ठ श्रेष्ठले चार सय १९ मत प्राप्त गरि विजयी हुनुभएको छ भने प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले एक सय ७० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिनुभयो । कूल आठ सय १२ मतदाता रहेकोमा छ सय मत खसेको थियो । १५ सदस्यीय कार्यसमितिकोे अवधि दुई वर्षको हुनेछ ।
उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी हुनुभयो ।
महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित हुनुभयो भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी हुनुभएको छ ।