बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदा अनुसार पर्यटन पूर्वाधारको विकास र विस्तारको योजनामा दोलखाको जिरीमा मानव निर्मित पर्यटकीय ताल निर्माण गरिनेछ, गोसाइँकुण्ड लगायतका स्थानमा केबलकार राख्ने आयोजना समेटिएका छन् ।
पर्यटन नीतिको मस्यौदामा भनिएको छ, ‘दोलखाको जिरीमा मानव निर्मित पर्यटकीय ताल निर्माण गरिनेछ, गोसाइँकुण्ड लगायतका स्थानमा केबलकार स्थापना गर्न प्रोत्साहन गरिने छ ।’ पर्यटन नीतिमा गोसाइँकुण्ड एकीकृत विकास परियोजना मार्फत रसुवाको प्रमुख तीर्थस्थल गोसाइँकुण्डको समग्र विकास गरिने समेत उल्लेख गरिएको छ ।
पर्यटनको सम्भाव्यता भएका जिरी, शैलुङ, कालिञ्चोक र महाभारत क्षेत्रका हिल स्टेशनको एकीकृत विकासका लागि सडकलगायतका पूर्वाधार र स्तरोन्नतीमा ध्यान दिने समेत पर्यटन नीतिमा उल्लेख छ ।