नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना प्रकाशित गरी भोलि शनिबार बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।
विकास ऋणपत्र २०७९ ‘क’को बाह्रौँ किस्ताको ब्याज तथा साँवा भुक्तानीका लागि आरटीजीएस प्रणाली सञ्चालन हुने विभागले जनाएको छ।
भोलि बिहान १० बजदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालनमा रहने सूचनामा उल्लेख छ।