डेरी उद्योगीहरुले ०७८ माघ २८ गते प्रतिलिटर नौदेखि १४ रूपैयाँसम्म दूधको मूल्य बढाएका थिए । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिमा दुई र दुई वर्षमा मात्रै दूधको मूल्य समायोजन गर्न सकिन्छ भन्ने कुरा उल्लेख छ, तर एक वर्षमै सरकारले दूधको मूल्य दुईपटक बढाएको छ ।

दूधको मूल्यवृद्धिलाई कार्यान्वयनमा ल्याउने र उपभोक्ता मूल्य तोक्ने आधिकारिक सरकारी निकाय दुग्ध विकास संस्थान हो । दुग्ध विकास संस्थानले सरकारले वृद्धि गरेको दूधको मूल्य वृद्धिलाई कार्यान्वनमा ल्याइसकेको छैन भने उपभोक्ता मूल्य पनि तोकिएको छैन ।

 

सरकारले दूधको मूल्य बढाए पनि उपभोक्ता मूल्य तोक्न सकेको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा नौ रूपैयाँ बढाएको हो । नौ रूपैयाँ दूधको मूल्य बढ्दा उपभोक्ता मूल्य कति बढाउने भन्ने विषयमा सरकार मौन छ ।

संस्थानका महाप्रबन्धक सञ्जीव झाका अनुसार दूधको मूल्य वृद्धिको आधिकारिक पत्र आउन बाँकी छ । उनले भने, ‘शुक्रबारको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाएको हो भन्ने थाहा भयो, तर पत्र आएको छैन । पत्र आएपछि पहिला दूधको मूल्य वृद्धि कार्यान्वयनमा जान्छ ।’ उनका अनुसार एक हप्ताभित्रै दूधको उपभोक्ता मूल्य तोकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस !