नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो ।

आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन्।

अर्का उम्मेदवार सुवास नेम्वाङ भने मतदानस्थल पुगिसकेका छैनन्। पौडेल भने मतदान सुरु हुनुभन्दा पहिल्यै मतदानस्थल संघीय संसद् भवन नयाँ बानेश्वर पुगिसकेका थिए।

दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। बिहीबार बेलुका ७ बजेभित्र मतपरिणाम घोषणा गर्ने निर्वाचन आयोगको तयारी छ।

संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले मतदान गर्नेछन्। संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ। मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ। सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ।

 

प्रतिक्रिया दिनुहोस !