हिजो बिहान सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान अवतरणमा समस्या देखिएपछि पुनस् काठमाडौँ फर्काइएको छ ।
इन्डिकेटरले समस्या देखाएपछि १५ नटिकल माइल उडिसकेको विमान काठमाडौँ फर्काएर अवतरण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। विमानमा ६२ जना यात्रु सवार थिए ।
यो घटनापछि उक्त जहाज ग्राउन्डेड गरिएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस !