नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस !