नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँले घटाएको कारण नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै आन्तरिक रुटको हवाईभाडा पनि घटाएको छ।
योसँगै बायुसेवा सञ्चालक संघले विभिन्न हवाई रुटको भाडा घटाउने निर्णय गरेको हो । चैत २२ गतेदेखि लागू हुने गरी नयाँ हवाई भाडादर कायम गरिएको छ ।
संघका अनुसार सबैभन्दा धेरै भाडा विराटनगर(नेपालगञ्ज रुटमा घटेको छ । साबिकमा यो रुटको हवाईभाडा ९१३० तोकिएकोमा ५३५ रुपैयाँले घटेर अब ८५९५ कायम भएको छ ।
त्यसपछि काठमाण्डौ(धनगढीको भाडा घटेको छ । यो रुटको भाडा ४४० रुपैयाँले घटाइएको छ । हाल ७ हजार ५१० रहेको भाडा घटेर अब ७ हजार ७० कायम भएको छ ।
काठमाण्डौ(सीमराको भाडा सबैभन्दा कम घटेको छ । १ हजार ५३० रहेको यो रुटको भाडा ९० रुपैयाँले घटेर १४४० कायम भएको छ ।
पोखरा(भद्रपुर रुटको भाडा पनि ४०५ रुपैयाँले घटेको छ । हाल ६ हजार ८८५ रहेको भाडा घटेर ६ हजार ४८० कायम भएको हो ।
काठमाण्डौबाट(माउण्टेन फ्लाइटको भाडा ३४५ रुपैयाँ घटेको छ । काठमाण्डौ(भद्रपुरको भाडा ३०० रुपैयाँ, काठमाण्डौ(विराटनगर भाडा २४० रुपैयाँ, काठमाण्डौ(नेपालगञ्जको भाडा ३२५ रुपैयाँ, काठमाण्डौ(सुर्खेतको भाडा ३४५ रुपैयाँ, पोखरा(विराटनगरको भाडा ३५५ रुपैयाँ, पोखरा(धनगढीको भाडा ३४५ रुपैयाँ, विराटनगर(भैरहवा रुटको भाडा ३९० रुपैयाँले घटेको छ ।