नेशनल एकेडमि फर फाईनान्सियल सर्भिसेज प्रालि र चितवन सौराहाको, होटल सेभेन स्टार प्रालि बिच संस्थागत सल्लाहकारको सेवा लिने दिने बिषयमा द्विपक्षिय समझौता सम्पन्न भएको छ।काठमाण्डौ बत्तिसपुतलि स्थित होटल द्वारिकामा मिति २०७९/१२/२४ गते साझं आयोजित संक्षिप्त कार्यक्रम बिच यो समझौता भएकोहो। नेशनल एकेडमिको तर्फबाट कंपनिका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई र होटल सेभेन स्टारको तर्फबाट प्रबन्ध संचालक माधब दवाडिले समझौतामा हस्ताक्षर गर्नु भयो।

बैशाख पहिलो हप्ताबाट संचालन हुन थालेको नेशनल एकेडमि फर फाईनान्सियल सर्भिसेजले बैकं बित्तिय संस्था,बीमा कंपनि,सहकारि,धितोपत्र कंपनि,मर्चेन्ट बैकंर, भेन्चर क्यापिटल तथा सबै प्रकारका उधोग ब्यवसायलाई सहयोग पुग्ने गरि काउन्सेलिगं,कन्सलटेन्सि र कोचिगं( तालिम) प्रदान गर्ने उद्देश्य राखेको छ।

देश बिस्वब्यापि आर्थिक मन्दिको चपेटमा पर्दै गईरहेको छ।उधोग ब्यवसाय चल्न नसकि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैकं बित्तिय संस्थाको खराब कर्जा डरलाग्दो हिसाबले बढदै गैरहेको छ।यस्तोमा पुर्ब सफल र बिशेषज्ञ बैकंरको टिम बनाएर सबै किसिमका उधोग ब्यवसाय र संस्थालाई आवस्यक सल्लाहकार सेवा कंपनिले प्रदान गर्ने छ।

कंपनिमा नेपाल बैकं,कृषि बिकास बैकं र बिमा समितिका पुर्ब प्रमुख चार्टर्ड एकाउन्टेन्ट देबेन्द्र प्रताप शाह; महालक्ष्मी फाईनान्स , महालक्ष्मी बिकास बैकं,नेपाल लाईफ,एशियन लाईफ,नेपाल बिमक संघका पुर्ब प्रमुख रमेश कुमार भट्टराई; प्रुडेन्सियल फाईनान्स, युनाईटेड फाईनान्स,सिद्धार्थ बिकास बैकंका पुर्ब प्रमुख अजय कुमार मिश्र तथा अन्य अनुभवि अधिवक्ता,चार्टर्ड एकान्टेन्ट,बिमा बिज्ञ,लघुबित्त बिज्ञ,संचार उद्दमिको टिम बनाएर संकटको यस घडिमा कंपनिले कारोबार संचालन गर्न गईरहेको छ।

हिजो सम्पन्न समझौता अन्तरगत नेशनल एकेडमिले होटल सेभेन स्टारको अपग्रेडेसन,कारोबार र क्षमता बिस्तार,लगानि श्रोतको ब्यवस्थापन, पब्लिक लिमिटेड कंपनिमा लगि सर्बसाधारणमा शेयर निष्काशन,होटलको सिस्टम डेभलपमेन्ट लगायतको काममा सल्लाहकारको सेवा प्रदान गर्ने सहमति भएको जानकारि गराउन चाहन्छु।

प्रतिक्रिया दिनुहोस !