बुधबार भएको निर्वाचनको सबै मत परिणाम सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छान्ने दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत, उमेशलालले ३१.७१ प्रतिशत र संघाईले ३०.४६ प्रतिशत मत पाए । सबैभन्दा कम मत ल्याएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

जिल्ला नगरतर्फ ५० प्रतिशत मतभारमध्ये अञ्जनले ४७, रामचन्द्रले ३९ र उमेशलालले २८ प्रतिशत मत पाए । शोसिएटतर्फको ३० प्रतिशत मत भारमध्ये रामचन्द्रले ११.४ प्रतिशत, अन्जनले १०.७ प्रतिशत र उमेशले ७.९ प्रतिशत मत पाए ।

 

प्रतिक्रिया दिनुहोस !