गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन् उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन् ।

 

महासंघको अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलगायतले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वतः अध्यक्ष बनेका हुन् भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निर्वाचनबाट चुनिएका हुन् । तीन वर्षे कार्यकाल पछि श्रेष्ठ स्वतः अध्यक्ष बन्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस !