गत वर्ष असारदेखि मात्रै फैलिएको डेंगु संक्रमण यसवर्ष भने बर्खा नलाग्दै देखिन थालेको छ । यो वर्ष हिउँदमा समेत केस शून्य नभएपछि गत वर्षझैँ संक्रमणले महामारीको रूप लिने जोखिम बढेको छ ।
वर्ष २०२३ को तीन महिनामा ५२ जिल्लामा डेंगु संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार योवर्ष हिउँदमा समेत केस शून्यमा झरेन । जनवरीयता अप्रिल दोस्रो सातासम्म ४३५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिनेमा काठमाडौं उपत्यकासहित म्याग्दी,दार्चुलालगायतका ५२ जिल्लाका ११२ पालिका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण देखियो । तीमध्ये ८८ जनाको मृत्यु भयो । संक्रमित र मृत्युको यो संख्या नेपालमा डेंगु संक्रमण सुरु भए (सन् २००४) यताकै धेरै हो ।
महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार योवर्ष हिउँदमा समेत केस शून्यमा झरेन । जनवरीयता अप्रिल दोस्रो सातासम्म ४३५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिनेमा काठमाडौं उपत्यकासहित म्याग्दी,दार्चुलालगायतका ५२ जिल्लाका ११२ पालिका छन् ।
डा. दाहालका अनुसार यो वर्ष काठमाडौं उपत्यकाका तीन जिल्लामा भने ५० भन्दा कम केस छ । सन् २०२२ मा सबैभन्दा धेरै काठमाडौंमा १४ हजार ३७६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । महाशाखाको अर्लि वार्निङ एन्ड रिपोर्टिङ सिस्टम (इवार्समा) इन्ट्री भएको तथ्यांक अनुसार सन् २०२२ को १२औँ सातामा ३१ वटा डेंगु केस देखिएका छन् । जुन गतवर्ष सोही साता आठ जनामा मात्रै देखिएको थियो ।
यो वर्षको ११औँ साता पनि ४४ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्यांक छ ।