वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ ।चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्रने हुदा उक्त दिन मनकामना केबलकार बन्द रहन मनकामना दर्शन प्रालिलेसमितिले जनाएको छ । उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो
वैशाख ११ गतेबाट पुन केबलकारको सेवा नियमित हुने प्रालिले जनाएको छ । मनकामना केबलकारको बटम स्टेसन रहेको चितवनको कुरिनटार चितवन क्षेत्र नं २ भित्र पर्छ ।

 

प्रतिक्रिया दिनुहोस !