गण्डकी प्रदेश सरकारले भूकम्प पीडितलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। आइतबार बसेको गण्डकीको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निणर्य गरेको हो।

‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौं’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने।

शुक्रबार राती भूकम्प गएको र शनिवार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधीसहित विषेशज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए।

७ जनाको टोली शनिबार नै कर्णाली पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस !