
सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड कम्पनीले उपप्रबन्धकदेखि वरिष्ठ कम्प्युटर अपरेटरसम्मका कर्मचारी मागेको गरेको हो । शुक्रवार सूचना प्रकाशित गर्दै सिडिएससीले नवौं तहको उपप्रबन्धकका लागि एक जना, सातौँ तहको वरिष्ठ अधिकृतका लागि एक जना कर्मचारी माग गरेको छ ।
यसै गरी, छैटौँ तहका लागि एक जना अधिकृत, आइटी अधिकृतका एक जना, वरिष्ठ सहायकका एक जना र वरिष्ठ कम्प्युटर अपरेटरका लागि एक जना कर्मचारी माग गरिएको छ ।
इच्छुक र न्यूनतम योग्यता भएका व्यक्तिहरूले आगामी पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्।