आउदो ७ गतेदेखि नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ बन्द हुने भएको छ । पुल निर्माणका लागि पहाड काट्नु पर्ने भएकाले तीन साताका लागि दैनिक बिहान ११ देखि तीन बजेसम्म यातायात बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको सडक विभागले जनाएको छ ।

तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि विस्फोट गराएर मात्रै पहाड काट्नु पर्ने भएको यातायात बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

यो सडक खण्डमा नयाँ १९ वटा पुल बन्ने योजना भए पनि हालसम्म ९ वटा पुलमात्र सञ्चालनमा आएका छन् । ८ वटा पुल आगामी दुई महिनाभित्र सञ्चालन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस !