सांग्रिला डेभलपमेन्ट बैंक लि.ले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने भएको छ । काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको आह्वान पत्र पश्चात् बैकले काठमाडौं महानगरपालिकासँग समन्वय गरेको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट श्री नुर निधि न्यौपानेले हस्ताक्षर गर्नुु भएका छ ा

बैकको यस निर्णयले सर्वसाधारण जनतालाई सहजता प्रदान गर्ने विश्वासका साथ सर्वसाधारणको लागि कार्यालय समय विहान ९.३० वजे देखि ५ वजे सम्म सर्वसाधारणले उक्त कार्यालयको परिसरमा रहेको शौचालय प्रयोग गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस !